समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच एकीकरण
समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरण गर्ने सहमति ती दुइ दलका शीर्ष नेताहरूले गरेका छन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच एकीकरणापछि नयाँ पार्टीकाे नाम जनता समाजवादी पार्टी राख्ने निर्णय भएकाे छ ।
सरकारले पार्टी विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएको तेस्रो दिन दुई पार्टीवीच एकीकरणकाे निर्णय भएकाे हाे ।
बुधबार मध्यराजतमा बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी र महन्थ ठाकुरलगायतका नेताले नेतृत्व गरेको राजपाबीच पार्टी एकता भएको घोषणा भएको छ ।
राजपाका राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी पनि एकीकरणमा सामेल भएका छन् । तर, राजकिशोर यादव र अनिल झा भने एकीकरणका लागि भएकाे छलफलमा सहभागी नभएकाे बताइएकाे छ ।
एकीकरणपछि चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता हुने गरी सहमतिमा हस्ताक्षर भएको छ । त्यस्तै झन्डा भने समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने सहमति भएको छ ।
समाजवादीका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र राय यादवबीच पार्टी एकता टुंगाउने विषयमा बुधबार राति अेरसम्म वार्ता भएपछि सहमति जुटेको हो ।
यसैवीच समाजवादी पार्टी नेपाल विभाजनका लागि रेणु यादवकाे नेतृत्वमा सात सांसद तयार भएकाे पनि बताइएकाे छ ।



