नेपालमा ४९ जनामा कोरोना संक्रमण, ११ जना निकाे भएर घर फिर्ता

नेपालमा शनिबार थप १ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । यसअघि विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाेजपुरका एक युवा र सर्लाहीका एक किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकाे हो ।

यसअघि उदयपुरमा सबैभन्दा बढी २८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

उदयपुरमा २८, रौतहटमा १, कन्चनपुरमा १, कैलालीमा ४, भोजपुर १, सर्लाही १, बाग्लुङ २, काठमाण्डौ ५, चितवनमा २, पर्सामा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमित मध्ये काठमाण्डौंका ५ जना, बाग्लुङका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका १ जना भने निको भएर घर फर्केका छन् ।

यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

Facebook Comments