थप ४१ जनामा काेराेना संक्रमण

शनिबार विहान थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन, सप्तरी, बारा, चितवन, कपिलवस्तु, सर्लाही, रुपन्देही र काठमाडौं लगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत् जानकारी दिएकाे छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, चितवनमा १, काठमाण्डाैमा १, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

रूपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना, बाराको करैयामाई गाउँपालिकामा १, मकवानपुरमा १, भक्तपुर र सप्तरी जिल्लामा पनि एक/एक जना र बारा जिल्लामा ६ संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयाे ।

नेपालमा हालसम्म काेराेना भाइरसकाे कारण ३ जनाकाे मृत्यु भएकाे छ भने ७० जना निकाे भएर घर फर्केका छन् ।

Facebook Comments