विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५३ लाख बढी संक्रमित

विश्वभर झण्डै ५३ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५३ लाख ८ हजार ५९ जनामा देखिएको छ भने ३ लाख ४० हजार ७५ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार २१ लाख ६० हजार ८ सय ५२ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १६ लाख ४५ हजार ३ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा मात्रै ९७ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि ब्राजिलमा ३ लाख ३२ हजार ३ सय ८२ जनामा संक्रमण देखिएको छ भने २१ हजार १ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।

बेलायतमा ३६ हजार ३ सय ९३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ५४ हजार १ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

रसियामा ३ लाख २६ हजार ४ सय ४८ जना संक्रमित भेटिएका छन् भने ३ हजार २ सय ४९ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ८१ हजार ९ सय ४ जना संक्रमितमध्ये २८ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २८ हजार ६ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३२ हजार ६ सय १६जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८२ हजार २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार २ सय ८९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ७९ हजार ७ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ५४ हजार ५ सय जना संक्रमितमध्ये ४ हजार २ सय ७६ जनाको मृत्यु भएको छ ।

इरानमा १ लाख ३१ हजार ६ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ३ सय जनाको मृत्यु भएको छ ।

भारतमा पनि संक्रमितको संख्या १ लाख २५ हजार १ सय ४९ जना संक्रमितमध्ये ३ हजार ७ सय २८ जनाको मृत्यु भएको छ ।

पेरुमा १ लाख ११ हजार ६ सय ९८ जना संक्रमित मध्ये ३ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

क्यानडामा ८२ हजार ४ सय ८० जना संक्रमित हुँदा ६ हजार २ सय ५० जनाको मृत्यु भएको छ ।

साउदी अरवमा ६७ हजार ७ सय १९ जना संक्रमितमध्ये ३ सय ६४ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५६ हजार ५ सय ११ जनामा संक्रमण भएकोमा ९ हजार २ सय १२ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६२ हजार ५ सय २७ जना संक्रमितमध्ये ६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

चिलीमा ६१ हजार ८ सय ५७ जना संक्रमितमध्ये ६ सय ३० जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ५२ हजार ४ सय ३७ जना संक्रमित भेटिएकोमा १ हजार १ सय १ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डमा ४४ हजार ८ सय ८८ जना संक्रमितमध्ये ५ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । कतारमा ४० हजार ४ सय ८१ जना संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ ।

इक्वेडरमा ३५ हजार ८ सय २८ जना संक्रमित मध्ये ३ हजार ५६ जनाको मृत्यु भएको छ ।
बेलारुसमा ३४ हजार ३ सय ३, सिंगापुरमा ३१ हजार ६८ जना, स्वीजरल्याण्डमा ३० हजार ७ सय ७ जना, बंगलादेशमा ३० हजार २ सय ५ जना, पोर्चुगलमा ३० हजार २ सय जना संक्रमित भेटिएका छन् ।

संयुक्त अरव इमिरेट्स, आयरल्याण्ड, इन्डोनेसिया, पोल्याण्ड, युक्रेन, दक्षिण अफ्रिकामा संक्रमितको संख्या २० हजार नाघेको छ ।

कुवेत, कोलोम्बियामा १९ हजार बढी संक्रमित छन् भने रोमानियामा कोरोना भाइरस संक्रमितको १७ हजार नाघेको छ ।

इजरायल, जापान र अष्ट्रियामा १६ हजार बढी संक्रमित भेटिएका छन् भने इजिप्टमा १५ हजार बढी संक्रमित फेला परेका छन ।

डोमिनिकन रिपब्लिक, फिलिपिन्स, डेनमार्क, दक्षिण कोरिया, सर्विया, अर्जेटिन्ना, पानामा लगायतका मुलुकमा समेत १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments