मलेशियाका प्रधानमन्त्रीद्वारा राजीनमा
मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिनुभएकाे छ ।
९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरले अकस्मात् राजीनामा दिनुभएकाे हाे ।
उहाँले आफ्नो राजीनामा सुल्तान अब्दुल्ला सुल्तान अहमद समक्ष पेश गर्नुभएकाे हाे ।
सन् १९८१ देखि २००३ सम्म मलेशियाका प्रधानमन्त्री रहेका महाथिर चार दशकदेखि मलेशियाई राजनीतिको केन्द्रमा छन् ।
२०१८ मा आफ्नै उत्तराधिकारी नजीब रज्जाकलाई हराएर उनी फेरि प्रधानमन्त्री बनेका थिए ।
सत्ता गठबन्धनमा सहयोगी रहेका ७२ वर्षीय अनवर इब्राहिमसँग खिंचातानी भएकाले उनले राजीनामा दिएको अनुमान गरिएको छ ।
यसअघि उपयुक्त समयमा सरकारकाे नेतृत्व इब्राइमलाइ दिने महाथिरले बताउनुभएकाे थियाे ।
राजीनमा रहस्यमै छ, तर नयाँ गठबन्धन बन्न सक्ने अनुमान राजनीतिक वृत्तमा गरिएकाे छ ।
Facebook Comments

