विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५४ लाख संक्रमित
विश्वभर झण्डै ५४ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५४ लाख ७ हजार ७ सय ७९ जनामा देखिएको छ भने ३ लाख ४४ हजार २९ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार २२ लाख ४८ हजार ४ सय ९४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ९८ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि ब्राजिलमा ३ लाख ४९ हजार १ सय १३ जनामा संक्रमण देखिएको छ भने २२ हजार १ सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३६ हजार ६ सय ७५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ५७ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित भेटिएका छन् भने २८ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।
रसियामा ३ लाख ३५ हजार ८ सय ८२ जना संक्रमितमध्ये ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २९ हजार ३ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८२ हजार ४ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७९ हजार ९ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ५५ हजार ६ सय ८६ जना संक्रमितमध्ये ४ हजार ३ सय ८ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ३३ हजार ५ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा १ लाख ३१ हजार ९ सय २० जना संक्रमित मध्ये ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।
पेरुमा १ लाख १५ हजार ७ सय ५४ जना संक्रमित मध्ये ३ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ८३ हजार ६ सय २१ जना संक्रमितमध्ये ६ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ७० हजार १ सय ६१ जना संक्रमितमध्ये ३ सय ७९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६५ हजार ८ सय ५६ जना संक्रमितमध्ये ७ हजार १ सय ७९को मृत्यु भएको छ ।
चिलीमा ६५ हजार ३ सय ९३ जना संक्रमितमध्ये ६ सय ७३ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५६ हजार ८ सय १० जनामा संक्रमण भएकोमा ९ हजार २ सय ३७ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा ५४ हजार ६ सय १ जना संक्रमितमध्ये १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

