नेकपा फुट्दैनः नेपाल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नफुट्ने जिकीर गर्नुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताद्वय पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले नेकपा नफुट्ने तर काेही चाेइटिएमा केही भन्न नसक्ने बताउनुभयाे ।
उहाँले प्रधानमन्त्रीप्रति लक्षित गर्दै विधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालेमा स्वयं व्यक्ति नै पतन हुने बताउनुभयाे ।
पार्टीभित्रको समस्यालाई पनि छलफलबाट समाधान गर्न अधिकतम कोशिस गरिरहेकाे भन्दै उहाँले व्यक्ति भन्दा पनि विधि, नीति, पद्धति प्रमुख कुरा रहेकाे उल्लेख गर्नुभयाे ।
विधि, पद्धतिको आधारमा सामूहिक निर्णय गर्ने र सबैले त्यसलाई पालना गर्ने लेनिनवादी सिद्धान्त सबैले मान्नुपर्ने बताउनुभयाे ।
Facebook Comments

