काेराेना नियन्त्रणमा दक्षिण काेरियालकाे माेडलः पहिचान, आइसोलेसन र सर्वेक्षण
दक्षिण काेरियाले काेराेना भाइरस(काेभिड-१९)काे प्रभावकारी नियन्त्रण गरिरहेकाे छ । साे मुलुकमा पछिल्लाे दिनमा नयाँ संक्रमित न्यून संख्यामा रहेकाे छ भने मृत्यु हुनेकाे संख्या पनि १० भन्दा कम रहेकाे छ।
दक्षिण काेरियामा राेगकाे पहिचानका लागि व्यापक रूपमा परीक्षण गर्ने, काेराेना संक्रमण देखिए आइसोलेसनमा राख्ने रणनीति अपनाइएकाे छ ।
दक्षिण कोरियामा जब कुनै मानिसमा भाइरसको संक्रमण पुष्टि हुन्छ, स्वास्थ्यकर्मीले बिरामीसँग पछिल्लो समय सम्पर्कमा आएका मानिसको परीक्षण गर्ने मात्र होइन, आवश्यक परे उनीहरुलाई पनि आइसोलेट गर्ने गरेका छन् ।
प्रविधिकाे प्रयाेगबाट संक्रमित मानिससँग सम्पर्कमा रहेका मानिसहरूलाइ सूचना प्रवाह गर्ने गरिएकाे छ ।
सरकारले कुनै नयाँ संक्रमित फेला परेको खण्डमा उसको नजिकका मानिसहरुलाई यसको सूचनादिने र सुरक्षित रहन मानिसहरुलाई स्मार्टफोनमार्फत आग्रह गर्ने काम गर्यो ।
दक्षिण कोरियामा मुलुक लकडाउन नगरीकनै काेराेना भाइरस नियन्त्रणकाे अवस्थामा रहेकाे छ ।

