विश्वभर २८ लाख बढीमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २८ लाख नाघेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २८ लाख ३३ हजार ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै १ लाख ९७ हजार ३ सय ५४ जनाको यस भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ९ लाख २५ हजार ७ सय ५८ कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अमेरिकामा मात्रै ५२ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ भने २२ हजार २ सय ५४ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २५ हजार ९ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने १ लाख ९२ हजार ९ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्सका १ लाख ५९ हजार ८ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २२ हजार २ सय ४५ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ५४ हजार ९ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ७ सय ६० जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख ४३ हजार ४ सय ६४ रहेकामा मृत्यु हुनेको संख्या १९ हजार ५ सय ६ पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ४ हजार ९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार ६ सय जनाको मृत्यु भएको छ ।
इरानमा ८८ हजार १ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ४४ हजार २ सय ९३ जनामा संक्रमण देखिएकोमा ६ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ५४ हजार ४३ जनामा संक्रमण भएकोमा ३ हजार ७ सय ४ जनाको मृत्यु भएको छ ।
रसियामा ६८ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर भने निकै कम देखिएको छ । रसियामा अहिलेसम्म ६ सय १५ जनाको मृत्यु भएको छ ।
क्यानाडामा ४३ हजार ८ सय ८८ जनामा संक्रमण हुनुका साथै २ हजार ३ सय २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा ३६ हजार ५ सय ३५ मा संक्रमण देखिएकोमा ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २८ हजार ६ सय ६७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २२ हजार ७ सय ९७ जनामा संक्रमण हुँदा ८ सय ५४ जनाको मृत्यु भएको छ ।
पेरुमा २१ हजार ६ सय ४८ जनामा संक्रमण हुँदा ६ सय ३४ जनाको मृत्यु भएको छ ।
आयरल्याण्डमा १८ हजार १ सय ८४ जनामा संक्रमण हुँदा १ हजार १४ जनाको मृत्यु भएको छ । स्वीडेनमा १७ हजार ५ सय ६७ जना संक्रमित हुँदा २ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।
इजरायलमा १५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण हुँदा १ सय ९४ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १५ हजार ७१ जनामा संक्रमण देखिएकोमा ५ सय ३० जनाको मृत्यु भएको छ ।
साउदीअरवमा १५ हजार १ सय २, जापनामा १२ हजार ८ सय २९, चिलीमा १२ हजार ३ सय ६, इक्वेडरमा २२ हजार ७ सय १९, सिंगापुरमा १२ हजार ७५, पाकिस्तानमा ११ हजार ९ सय ४०, पोल्याण्डमा १० हजार ८ सय ९२, दक्षिण कोरियामा १० हजार ७ सय १८ जना रोमानियामा १० हजार ४ सय १७, मेक्सिकोमा १२ हजार ८ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

