पाेखरा प्रवेशद्वारमा सेनिटाइजिङ टनेल जडान
पृथ्वीराज मार्गस्थित पोखरा महानगरपालिका ३२ मजुवामा ( तनहुँसँग सीमा जोडिएको स्थान) सेनिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी१ नेपालले टनेल निर्माण गरेको हो ।
निर्माण गरिएको टनेललाई लायन्सले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई लायन्स डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले सेनिटाइज टनेल हस्तान्तरण गर्नुभएकाे हाे ।
टनेलको सञ्चालन र व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने ढुंगानाले जानकारी दिनुभयाे। पोखरा प्रवेश गर्ने सीमामा सेनिटाइजिङ टनेल निर्माण गर्न पाउँदा खुसी लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले उल्लेख गर्नुभयाे ।
सेनिटाइज टनेलले ५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरेर मानिसको कपडामा भएको भाइरसका अणुलाइ विच्छेद गराइदिन्छ ।
अव पोखरा प्रवेश गर्ने यात्रुुहरुले अनिवार्य रुपमा यस किटाणुनासक बुथ प्रयोग गर्नुपर्नेछ । सीमा क्षेत्रसहित विभिन्न ठाउँमा सेनिटाइजिङ टनेल जडान गरिने पाेखराका मेयर मानबहादुर जिसीले जानकारी दिनुभयाे ।

