काेराेना संक्रमितकाे संख्या ६ सय ७५ पुग्याे
नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबार ७२ जना थपिएपछि नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् ।
बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सप्तरीकाे डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।
बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा ८७ जना संक्रमित भने उपचारपछि निकाे भएर घर फर्केका छन् ३ जनाकाे मृत्यु भएकाे छ । यसैवीच वीरगंजमा एक ७० बर्षीय पुरूषकाे मृत्यु भएपछि गरिएकाे परीक्षणमा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।


