काेराेना संक्रमितकाे संख्या १८ हजार ४ सय नाघ्याे
नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १८ हजार ४ सय नाघेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक सय नौजनामा संक्रमण पुष्टि भएको छ ।
याेसँगै नेपालमा संक्रमित हुनेको संख्या १८ हजार चार सय ८३ पुगेको छ । मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार शनिबार १ सय ६ जना निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म काेराेना भाइरसकाे संक्रमणका कारणा ४५ जनाकाे मृत्यु भएकाे छ भने अहिलेसम्म निको भएर डिस्चार्ज हुनेकाे संख्या १३ हजार ५३ पुगेको छ ।
नेपालमा हाल निको हुने दर ७०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
Facebook Comments

