विश्वभर कोरोना भाइरसबाट २ करोड ३८ लाख ६ सय ९२ संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ३८ लाख ६ सय ९२ जनामा संक्रमण पुष्टी भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर २ करोड ३८ लाख ६ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
हालसम्म ८ लाख १६ हजार ५ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म १ करोड ४३ लाख ४७ हाजर ८ सय ३३ जनासंक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
हाल विश्वभर ६६ लाख ३६ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको एक चौथाई बढी अर्थात् ५९ लाख १४ हजार ६ सय ८२ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ८१ हजार ९७ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ३६ लाख २७ हजार २ सय १७ संक्रमित भेटिएका छन् भने १ लाख १५ हजार ४ सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक भारत हो । भारतमा संक्रमितको संख्या ३१ लाख ६४ हजार ८ सय ८१ जनामा संक्रमण पुष्टी भएको छ भने हालसम्म ५८ हजार ५ सय ४६ जनाको मृत्यु भएको छ ।
रसियामा ९ लाख ६१ हजार ४ सय ५० जना संक्रमितमध्ये १६ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा६ लाख ११ हजार ४ सय ५० जना संक्रमितमध्ये १३ हजार १ सय ५९ जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ४ सय ३८ जनामा संक्रमण पुष्टी भएकोमा २७ हजार ८ सय १३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
मेक्सिकोमा ५ लाख ६० हजार १ सय ६४ जना संक्रमितमध्ये ६० हजार ४ सय ८० जनाको मृत्यु भएका छ ।
कोलम्बियामा ५ लाख ५१ हजार ६ सय ९६ जना संक्रमितमध्ये १७ हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ लाख २० हजार ८ सय ९, चिलीमा ३ लाख ९९ हजार ५ सय ६८, इरानमा ३ लाख ६१ हजार १ सय ५०, अर्जेन्टिनामा ३ लाख ५० हजार ८ सय ६७, बेलायतमा ३ लाख २६ हजार ६ सय १४ जना, साउदी अरवमा ३ लाख ८ हजार ६ सय ५४ जनामो कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
बंगलादेश, पाकिस्तान, टर्की, इटाली, फ्रान्स, जर्मनी र इराकमा हरेक मुलुकमा संक्रमितको संख्या २ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।
रसिया, चीन, अमेरिका, बेलायत भारत लगायतका मुलुकमा खोम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । कतिपय मुलुकले खोपको तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।

