नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर २ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार संक्रमित दुवै जना पर्सा जिल्ला विरगंज निवासी रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ ।

उनीहरुको उमेर ५० बर्ष रहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच विरगंजकी एक युवतीको मृत्यु भएको छ । निजको आरडिटी बाट गरीएको परीक्षणमा एन्टीबडी पोजेटिभ पाइएको उल्लेखछ ।

थ्रोट स्वाब निकालेर परीक्षणका लागि पठाईंदै गर्दा निजको अस्पतालको आइसोलेशन वार्डमा नै मृत्यु भएको बताइएको छ । निजलाई ब्लड क्यान्सर भएको खुलेको छ ।

Facebook Comments