नेपालमा ५२ जनामा कोरोना भाइरस(कोभिड -१९)को संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार साँझ झापा निवासी ५० बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार नै थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर २ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार संक्रमित दुवै जना पर्सा जिल्ला विरगंज निवासी रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ ।

उनीहरुको उमेर ५० बर्ष रहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments