लकडाउन बैशाख २५ सम्म कायम रहने

सरकारले लकडाउनलाई २५ गतेसम्म कायमै राख्ने निर्णय गरेकाे छ । अाइतबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि सरकारले बैशाख १५(अर्थात् भाेली)सम्म लकडाउन ताेकेकाे थियो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन लम्ब्याउन सिफारिश गरेकाे थियाे ।

लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको समितिकाे निष्कर्ष रहेकाे थियाे ।

Facebook Comments