काेराेना संक्रमितकाे संख्या ७ सय ७२ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ७ सय ७२ पुगेकाे छ । मंगलबार ९० कोरोना संक्रमित थपिएका हुन्। 

स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार महाेत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्। 

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयाे ।

नेपालमा संक्रमित भएकामध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छभने १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

नेपालमा संक्रमित भएका अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएकाहरू रहेका छन् । संक्रमित अधिकांशमा लक्षण नदेखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिंदै अाएकाे छ ।

Facebook Comments