गण्डकी प्रदेशमा विहानै थपिए २५ जना कोरोना संक्रमित
गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपुरका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । विहान ६.२० बजे दिएको जानकारी अनुसार ४ जिल्लामा २३ जना पुरुष र २ महिलामा सक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा तनहुँको ब्यास नगरपालिकामा ४९ र ३० बर्षिय पुरुष, स्याङ्जा कालिगण्डकी गाउँपालिकाका २८ बर्षिय १ पुरुष, बाग्लुङ बरेङ् गाउँपालिकाका २३ बर्षिय १ पुरुष तथा नवलपुर गैडाकोट र कावासोती नगरपालिकाका १७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको स्वास्थ्य निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।स्वास्थ्य निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।
Facebook Comments

