नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ५५ पुग्याे
नेपालमा शुक्रबारसम्म ११ हजार ७ सय ५५ जनामा काेराेना भाइरस (काेभिड १९)काे संक्रमण भेटिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार शुक्रबारमात्रे ५ सय ९३ कोरोनाका संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिनुभयाे ।
हालसम्म २ हजार ६ सय ९८ जना संक्रमित निकाे भएका छन् । वितेकाे २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले जानकारी दिनुभयाे ।
हालसम्म रसुवा जिल्लामा संक्रमण देखिएकाे छैन भने बाँकी ७६ जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।
नेपालमा हालसम्म २ लाख ६ हजार बढीकाे पिसिआर परीक्षण भएको छ। विश्व स्वास्थ्य संगठनले कूल जनसंख्याकाे २ प्रतिशतकाे परीक्षण गराउनुपर्ने बताएकाे छ ।

