नेपालमा चौंथो व्यक्तिमा कोरोना संक्रमण
नेपालका चौंथो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । दुवईबाट फर्र्केका एक ३४ बर्षका युवामा कोरोना भाइरस परीक्षणमा पोजेटिभ पाइएको स्वास्थ्य जनस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवामा कोरोना संक्रमण भेटिएको हो ।
ती युवासँग सम्पर्कमा रहेका नागरिकहरुको खोजी भइरहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विदेशबाट आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्ने आग्रह गर्नुभएको छ ।
Facebook Comments

