विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झण्डै ३०लाख
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ३० लाख नजिक पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २९ लाख ९४ हजार ९ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख ६ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमितमध्ये झण्डौ एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा ९ लाख ८७ हजार ३ सय १९ कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो विश्वभरका संक्रमित मध्ये झण्डै एक तिहाई हो । यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी देखिएको छ । कूल २ लाख ३ हजार २ सय ८९ को एक चौथाई बढी अर्थात् ५५ हजार ४ सय १५ जनाको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
अमेरिकापछि स्पेनमा २ लाख २६ हजार ६ सय २९ जनामा संक्रमण देखिएको छ भने २३ हजार १ सय ९० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ । इटालीमा २६ हजार ६ सय ४४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने १ लाख ९७ हजार ६ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्समा १ लाख ६२ हजार १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ५७ हजार ७ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख ५२ हजार ८ सय ४० रहेकामा मृत्यु हुनेको संख्या २० हजार ७ सय ३२ पुगेको छ ।
टर्कीमा १ लाख १० हजार १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।
इरानमा ९० हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ७ सय १० जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
रसियामा ८० हजार ९ सय ४९ जनामा संक्रमण देखिएकोमा ७ सय ४७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ६३ हजार १ सय जनामा संक्रमण भएकोमा ४ हजार २ सय ८६ जनाको मृत्यु भएको छ ।
क्यानडामा ४६ हजार ८ सय ९५ जना संक्रमित हुँदा २ हजार ५ सय ६० जनाको मृत्यु भएको छ । त्यस्तै बेल्जियममा ४६ हजार १ सय ३४ जनामा संक्रमण भएकोमा ७ हजार ९४ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा ३७ हजार ८ सय ४५ मा संक्रमण देखिएकोमा ४ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २९ हजार ६१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।
भारतमा २७ हजार ८ सय ९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ८ सय ८१ जनाको मृत्यु भएको छ ।
पेरुमा २७ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण्भ भएकोम ७ सय २८ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २३ हजार ८ सय ६४ जनामा संक्रमण हुँदा ९ सय ३ जनाको मृत्यु भएको छ ।
इक्वेडरमा २२ हजार ७ सय १९ जना संक्रमित भएका छन् भने ५ सय ७६ जनाको मृत्यु भएको छ ।
आयरल्याण्डमा १९ हजार २ सय ६२ जनामा संक्रमण हुँदा १ हजार ८७ जनाको मृत्यु भएको छ ।
स्वीडेनमा १८ हजार ६ सय ४० जना संक्रमित हुँदा २ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।
इजरायलमा १५ हजार २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण हुँदा १ सय ९९ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा १७ हजार ५ सय २२ जना संक्रमित हुादा १ सय ३९ जनाको मृत्यु भएको छ ।
इजरायलमा १५ हजार ४ सय ४३ जनामा संक्रमण पुष्टी भएकोमा २ सय १ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १५ हजार २ सय २५ जनामा संक्रमण देखिएकोमा ५ सय ४२ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा १४ हजार ६ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।
सिंगापुरमा १३ हजार ६ सय २४ जनामा संक्रमण देखिएकोमा १२ जनाको मृत्यु भएको छ ।
जापनामा १३ हजार ४ सय ४१ जनामा यो भाइरसको संक्रमण भेटिएको छ भने ३ सय ७२ जनाको मृत्यु भएको छ ।
चिलीमा १३ हजार ३ सय ३१, पाकिस्तानमा १३ हजार ३ सय २८, पोल्याण्डमा ११ हजार ६ सय १७, दक्षिण कोरियामा १० हजार ७ सय ३८ जना, रोमानियामा ११ हजार ३६, बेलारुसमा १० हजार ४ सय ६३, संयुक्त अरव इमिरेट्समा १० हजार ३ सय ४९, कतारमा १० हजार २ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इन्डोनेशिया, युक्रेन, डेनमार्क, सर्विया लगायतका मुलुकमा संक्रमितको संख्या ८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या सयौं रहेको छ ।
फिलिपिन्स, नर्वे र चेक रिपब्लिकमा ंसंक्रमितको संख्या ७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या कूल ९ सय २१ पुगेको छ ।
अष्टेलिया, डोमिनिकन रिपब्लिकमा संक्रमितको संख्या ६ हजार बढी छ ।
मलेसिया, पानमा, बंगलादेश र कोलम्बियामा ५ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै आधा दर्जन मुलुकमा ३ हजार भढी संक्रमित छन् भने दर्जनौ मुलुकमा संक्रमितको संख्या १ हजार नाघेका विवरणहरु रहेका छन् ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

