तीन तहको सरकार विच समन्वय हुनुपर्नेमा जाेड

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोभिड-१९(कोरोना भाइरस ) नियन्त्रणको लागि तीन तहको सकार विच समन्वय हुन आबश्यक रहेको निष्कर्ष निकालेको छ ।

पोखरा नदिपुर स्थित समितिको कार्यालयमा आइतबार भएको छलफलमा बोल्दै समितिका सभापति दीपक कोइरालाले कोभिड-१९ नेपालमा रोकथाम र नियन्त्रणको लागि तीन तहको सरकार विच अझै बढि समन्वयको आबश्यकता देखिएको बताउनु भयो ।

सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोली संग यस प्रदेशको बजारको अबस्था,मुल्यबृद्धि बारे छलफल गर्नुभयो ।

अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनैपनि सामाग्रीको अभाव नरहेको समितिलाई जानकारी दिनु भयो ।

पौडेलले लकडाउनको अबधीमा कास्की, स्याङ्जा, पर्वत तनहुं लगायतका एक सयभन्दा बढि ठाउँमा अनुगमन गरिएको जानकारी दिनुभयो । टोलीले आपुर्तिलाई सहज बनाउने तर्फ अहिले जोड दिएको बताउनु भयो ।

अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मुल्यबृद्धि गरेर पठाएकोले आटा, खाने तेल,रातोदालमा केही मुल्यबढेको पाइएपनि सामानको अभाव भने नदेखिएको बताउनुभयो ।

उहाँले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिनुभयो । यसैविच छलफलमा बोल्दै कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्याँस र खाद्यनमा अभाव नरहेको बताउनुभयो ।

कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउदै ढकालले कालोबजारी गर्ने तीनजनालाई कास्कीमा मुद्धाचलाएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्ब न्यौपानेले तीनतहको सरकार विच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउनुभयो । तीनतहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उहाँको भनाई थियो ।

एक उदाहरण दिदै न्यौपानेले चितवनबाट चल्ला ल्याउन प्रदेश र संघीय सरकारले छुटदिएको छ । कोत्रे आएपछि महानगरले प्रवेश दिदैन चल्ला पुनं चितवन फर्काइदिदा किसानलाई नोक्सान भएको भन्दै तीन तहको सरकारविच समन्वय हुनुपर्ने जनाउनुभयो ।

समितिका बजारमा चोक्करको मुल्य बढि लिएको, एलपी ग्यांसको मिति सकिएको ग्याँस सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।

Facebook Comments