विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५६ लाख बढी संक्रमित
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५६ लाख ८४ हजार ७ सय ९५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ३ लाख ५२ हजार २ सय ३५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म २४ लाख ३० हजार ५ सय ९३ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १७ लाख २४ हजार २ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख बढीले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै १ लाख ५ सय ७२ जनाको मृत्यु भएको हो ।
अमेरिकापछि ब्राजिलमा ३ लाख ९४ हजार ५ सय ७ जनामा संक्रमण देखिएको छ भने २४ हजार ५ सय ९३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३७ हजार ४८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ६५ हजार २ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
रसियामा ३ लाख ६२ हजार ३ सय ४२ जना संक्रमितमध्ये ३ हजार ८ सय ७ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८३ हजार ३ सय ३९ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय १७ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३० हजार ५ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३२ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८२ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ८१ हजार २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ५८ हजार ७ सय ६२ जना संक्रमितमध्ये ४ हजार ३ सय ९७ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ३९ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ५ सय ८ जनाको मृत्यु भएको छ ।
भारतमा १ लाख ५० हजार ७ सय ९३ जना संक्रमित मध्ये ४ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ ।
पेरुमा १ लाख २९ हजार ७ सय ५१ जना संक्रमित मध्ये ३ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ ।
क्यानडामा ८६ हजार ६ सय ४७ जना संक्रमितमध्ये ६ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ७६ हजार ७ सय २६ जना संक्रमितमध्ये ४ सय ११ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ७४ हजार ५ सय ६० जना संक्रमितमध्ये ८ हजार १ सय ३४ को मृत्यु भएको छ ।
चिलीमा ७७ हजार ९ सय ६१ जना संक्रमितमध्ये ८ सय ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५७ हजार ४ सय ५५ जनामा संक्रमण भएकोमा ९ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा ५७ हजार ७ सय ५ जना संक्रमितमध्ये १ हजार १ सय ९७ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

