काेराेना संक्रमितकाे संख्या ८ सय ८६ पुग्याे
नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएकाे हाे ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभए अनुसार संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुम पूर्वका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् ।
पछिल्लाे समय छिमेकी मुलुक भारतबाट स्वदेश फर्कनेहरू बढेसँगै संक्रमितकाे संख्या पनि बढिरहेकाे छ । संक्रमितमध्ये भारतबाट फर्केर क्वारेन्टाइनमा रहेका हरू धेरै रहेका छन् ।

