प्रहरी कर्मचारीमा काेराेना संक्रमण बढ्दै
नागिरकसँग प्रत्यक्षा सम्पर्कमा रहने नेपाल प्रहरीका कर्मचारीमा काेराेना संक्रमण बढेकाे छ । साेमबार मात्रै स्याङ्जामा १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि संक्रमण पुष्टी भएका समेत गरी स्याङ्जामा २१ जना प्रहरी कर्मचारीमा काेराेना पुष्टी भएकाे हाे ।
स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो ।
डीएसपी अधिकारीका अनुसार संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका–१ मा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा राखिनेछ ।
यसअघि काठमाण्डाै र नवलपरासीमा समेत ड्युटीमा रहेका प्रहरी कर्मचारीमा काेराेना संक्रमण पुष्टी भएकाे थियाे ।
Facebook Comments

