बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण देखिएको हो ।

जोनसले ट्वीटरमा भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैं सेल्फ आइसोलेसनमा बसेर कोभिड १९(कोरोना भाइरस) विरुद्धको अभियानमा नेतृत्व प्रदान गर्ने बताउनुभएको छ ।

त्यस्तै बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्यमन्त्री ह्यानककले एक ट्विट गर्दै आफूमा कोरोना भाइरस देखिएको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री बोरिससँग पटक पटक बैठक गरेकाले स्वास्थ्यमन्त्रीलाई समेत परीक्षणको सल्लाहा दिइएके थियो ।

प्रधानमन्त्रीलाई कोरोना देखिएसँगै आफ्नो पनि परीक्षण गर्नुपर्ने सल्लाह बमोजिम जाँच गराएको र संक्रमण देखिएको स्वास्थ्यमन्त्री ह्यानककले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनसँगै स्वास्थ्यमन्त्री ह्यानकक अहिले सेल्फ आइसोलेसनमा रहनुभएको छ । यसअघि बेलायतकी स्वास्थ्य राज्यमन्त्रीलाई समेत कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

बेलायतमा पछिल्लो कोरोनाबाट मृत्यु हुनेको संख्या ७५९ पुगेको छ भने अहिले सम्म बेलायतमा १४ हजार ५ सय ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

Facebook Comments