बाग्लुङकी एक युवतीमा पनि काेराेना भाइरस संक्रमण
बाग्लुङकी एक २२ बर्षीय युवतीमा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।
याेसँगै मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रवक्ता डा विकास देवकोटाले शनिबार कोरोना भाइरस पुष्टि भएकी युवती पनि यसअघि १९ वर्षीया युवती दोहा हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको जानकारी दिनुभएकाे हाे ।
शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकाे बताइएकाे छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।
कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।
मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ।
निज युवती यति एअरलाइन्सकाे जहाजबाट काठमाण्डाैबाट पाेखरा र माइक्राेबस चढेर बाग्लुङ गएकाे पारीवारीक श्राेतले जनाएकाे छ ।
युवतीका परिवारलाइ पनि परीक्षण गरी अाइसाेलेसनमा राख्ने तयारी भएकाे बताइएकाे छ ।

