विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३० लाख नाघ्यो

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर ३० लाख ६४ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख ११ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा १० लाख १० हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो विश्वभरका संक्रमित मध्ये झण्डै एक तिहाई हो ।

यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी देखिएको छ । कोरोना भाइरसका कारण मृत्यु भएका कूल २ लाख ११ हजार ५ सय ३७ को एक चौथाई बढी अर्थात् ५६ हजार ७ सय ९७ जनाको अमेरिकामा मृत्यु भएको छ ।

अमेरिकापछि स्पेनमा २ लाख २९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ भने २३ हजार ५ सय २१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ । इटालीमा २६ हजार ९ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने १ लाख ९९ हजार ४ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्समा १ लाख ६५ हजार ८ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २३ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ५८ हजार ७ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार १ सय २६ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख ५७ हजार १ सय ४९ रहेकामा मृत्यु हुनेको संख्या २१ हजार ९२ पुगेको छ ।

टर्कीमा १ लाख १२ हजार २ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार ९ सय जनाको मृत्यु भएको छ ।

इरानमा ९१ हजार ४ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ८ सय ६ जनाको मृत्यु भएको छ ।

रसियामा ८७ हजार १ सय ४७ जनामा संक्रमण देखिएकोमा ७ सय ९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ६६ हजार ५ सय १ जनामा संक्रमण भएकोमा ४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।

क्यानडामा ४८ हजार ५ सय जना संक्रमित हुँदा २ हजार ७ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै बेल्जियममा ४६ हजार ६ सय ८७ जनामा संक्रमण भएकोमा ७ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्डस्मा ३८ हजार २ सय ४५ मा संक्रमण देखिएकोमा ४ हजार ५ सय १८ जनाको मृत्यु भएको छ ।
भारतमा २९ हजार ५ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९ सय ३९ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा २९ हजार १ सय ६४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ ।

पेरुमा २८ हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएकोम ७ सय ८२ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २४ हजार २७ जनामा संक्रमण हुँदा ९ सय २८ जनाको मृत्यु भएको छ ।

इक्वेडरमा २३ हजार २ सय ४० जना संक्रमित भएका छन् भने ६ सय ६३ जनाको मृत्यु भएको छ ।

आयरल्याण्डमा १९ हजार ६ सय ४८ जनामा संक्रमण हुँदा १ हजार १ सय २ जनाको मृत्यु भएको छ ।

स्वीडेनमा १८ हजार ९ सय २६ जना संक्रमित हुँदा २ हजार २ सय ७४ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा १८ हजार ८ सय ११ जना संक्रमित हुँदा १ सय ४४ जनाको मृत्यु भएको छ ।

इजरायलमा १५ हजार ५ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण हुँदा २ सय ४ जनाको मृत्यु भएको छ ।

अष्ट्रि«यामा १५ हजार २ सय ७४ जनामा संक्रमण देखिएकोमा ५ सय ४९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा १५ हजार ५ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ ।

सिंगापुरमा १४ हजार ४ सय २३ जनामा संक्रमण देखिएकोमा १४ जनाको मृत्यु भएको छ ।

जापनामा १४ हजार १ सय ५३ जनामा यो भाइरसको संक्रमण भेटिएको छ भने ३ सय ८५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा १३ हजार ९ सय १५, चिलीमा १३ हजार ८ सय १३, पोल्याण्डमा ११ हजार ९ सय २, दक्षिण कोरियामा १० हजार ७ सय ३८ जना, रोमानियामा ११ हजार ३ सय ३९, बेलारुसमा ११ हजार २ सय ८९, संयुक्त अरव इमिरेट्समा १० हजार ७ सय ५२, कतारमा ११ हजार २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इन्डोनेशियामा ९ हजार ९६, युक्रेन ९ हजार ९, डेनमार्क ८ हजार ६ सय ९८, सर्विया ८ हजार २ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै फिलिपिन्समा ७ हजार ७ सय ७७, नर्वेमा ७ हजार ५ सय ९९, चेक रिपब्लिकमा ७ हजार ४ सय ४५, अष्ट्रेलियामा ६ हजार ७ सय २५, डोमिनिकन रिपब्लिकमा ६ हाजर २ सय ९३, पानामामा ६ हजार २१ जना संक्रमित फेला परेका छन् ।

बंगलादेश, मलेसिया र कोलम्बियामा ५ हजार भन्दा बढी संक्रमित भएका छन् । दक्षिण अफ्रिका, इजिप्ट, फिनल्याण्ड, मोरक्को, अर्जेन्टिनामा संक्रमितको संख्या ४ हजार भन्दा बढी रहेको छ ।

लक्जेम्वर्ग, अल्जेरिया, मोल्डोभा र कुवेतमा ३ हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।

थाइल्याण्ड, कजकास्थान, बहराइन, हंगेरी,ग्रिस, ओमन र क्रोएसियामा संक्रमितको संख्या २ हजारभन्दा बढी रहेको छ ।

बोलिभिया, ट्युनिसिया, नाइजेरिया, बुल्गेरिया, क्यूवा लगायतका दर्जन बढी मुलुकहरुमा संक्रमितको संख्या १ हजार नाघेको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments