गण्डकी प्रदेशका १६ जनामा काेराेना संक्रमण
गण्डकी प्रदेशमा विहीबारसम्ममा १६ जनामा काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण फेला परेकाे छ ।
स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला समेत गरि थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ | यसअघि स्याङ्जामा २ जनामा काेराेना संक्रमण पुष्टी भएकाे थियाे ।
त्यसैगरी गण्डकी प्रदेश, नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्ला, देबचुली नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
वहाँलाई भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको छ | गण्डकी प्रदेशका २ जना भने निकाे भएर घर फर्किसकेका छन् भने बाँकी १४ जनाकाे काठ्माण्डाै, भरतपुर, स्याङ्जा, धाैलागिरी लगायतका जिल्लामा उपचार भइरहेकाे छ ।

Facebook Comments

