विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५७ लाख ९० हजार संक्रमित
महामारी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को कारण विश्व नै आक्रान्त बनिरहेको छ ।
अधिकांश मुलुकहरु लकडाउन(बन्दा बन्दी)को अवस्थामा छन् । केही मुलुकहरुमा लकडाउन(बन्दाबन्दी) नभएपनि नागरिकका लागि सहज अवस्था छैन । नागरिक स्वयंमा एकखालको त्रास सिर्जना भएको छ भने सरकारका तर्फबाट सामाजिक भौतिक दुरी कायम गर्ने निर्देशन पनि जारी गरिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५७ लाख ९० हजार १ सय ७ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ३ लाख ५७ हजार ४ सय ३२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म २४ लाख ९७ हजार ६ सय १८ कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १७ लाख ४५ हजार ८ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख बढीले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै १ लाख २ हजार १ सय ७ जनाको मृत्यु भएको हो ।
अमेरिकापछि ब्राजिलमा ४ लाख १४ हजार ६ सय ६१ जनामा संक्रमण देखिएको छ भने २५ हजार ६ सय ९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३७ हजार ४ सय ६० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ६७ हजार २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
रसियामा ३ लाख ७० हजार ६ सय ८० जना संक्रमितमध्ये ३ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८३ हजार ८ सय ४९ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय १८ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३१ हजार १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३३ हजार ७२ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८२ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ८१ हजार ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ५९ हजार ७ सय ९७ जना संक्रमितमध्ये ४ हजार ४ सय ३१ जनाको मृत्यु भएको छ ।
भारतमा १ लाख ५८ हजार ३ सय ३३ जना संक्रमित मध्ये ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ४१ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ५ सय ६४ जनाको मृत्यु भएको छ ।
पेरुमा १ लाख ३५ हजार ९ सय ५ जना संक्रमित मध्ये ३ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ८७ हजार ५ सय १९ जना संक्रमितमध्ये ६ हजार ७ सय ६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
चिलीमा ८२ हजार २ सय ८९ जना संक्रमितमध्ये ८ सय ४१ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ७८ हजार ५ सय ४१ जना संक्रमितमध्ये ४ सय २५ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ७८ हजार २३ जना संक्रमितमध्ये ८ हजार ५ सय ९७ को मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५७ हजार ५ सय ९२ जनामा संक्रमण भएकोमा ९ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा ५९ हजार १ सय ५१ जना संक्रमितमध्ये १ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

