प्रचण्डद्वारा चीनका राष्ट्रपतिसँग काेराेना भाइरसकाे महामारीसँग जुध्न सहयाेग गर्न अनुराेध

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अनुराेध गर्नुभएकाे छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विहीबार प्रचण्डे चिनीयाँ राष्ट्रपति सि जिनपिङलाई  एक विशेष पत्र लेख्दै अध्यक्ष प्रचण्डले सहयाेगका लागि अनुराेध गर्नुभएकाे उहाँकाे निजी सचिवालयले जनाएकाे छ ।

अध्यक्ष प्रचण्डकाे पत्रमा काेराेना भाइरसकाे महामारी विरूद्ध अत्यावश्यक मेडिकल सामाग्री सहयाेग गर्न अनुराेध गरिएकाे छ ।

चीनले गरेकाे सहयाेग सामग्री पहिलाे चरणमा नेपाल सरकारलाइ चिनीयाँ दुतावासले हस्तान्तरण गरिसकेकाे छ ।

आइतबार मात्रै चीनले चीनले कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका सामान नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएकाे हाे ।

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइभ मास्क दुई हजार थान, चस्मा पाँच सय थान, थर्मोमिटर सय थान, व्यक्तिगत सुरक्षा सामग्री पाँच सय ३० थान, भेन्टिलेटर एक थान र क्वारेन्टाइन टेबल चार सय बक्सा उपलब्ध गराएको थियो ।  नेपाल सरकारले पनि चीनबाट स्वास्थ्य सामाग्री खरीद गरेर ल्याएकाे छ ।

Facebook Comments