सार्क मुलुकमा कोरोना भाइरसका कारण ५५ हजार बढी संक्रमित
भारतमा काेराेन भाइरस(काेभिड -१९)काे कारणा १ हजार बढीकाे मृत्यु
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुकहरु समेत प्रभावित बनेका छन् ।
सार्क मुलुकहरुम मात्र ५५ हजार १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।
यस भाइरसका कारण भारतमा ३१ हजार ३ सय २४ जना संक्रमित भएकोमा १ हजार ८ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा १४ हजार ६ सय १२ जनामा संक्रमण देखिएको छ भने ३ सय १२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी बंगलादेशमा ६ हजार ४ सय ६२ जनामा संक्रमण देखिएकोमा १ सय ५५ जनाको मृत्यु भएको छ ।
अफगानस्थानमा १ हजार ८ सय २८ जना संक्रमित मध्ये ५८ जनाको मृत्यु भएको छ । श्रीलंकामा ६ सय १९ संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ ।
माल्दिभ्समा २ सय ५०, नेपालमा ५४ र भुटानमा ७ जना संक्रमित फेला परेका छन् ।
Facebook Comments

