नेकपाकाे सचिवालय बैठक बस्दै
मंगलबार नेकपाका दुइ अध्यक्षवीच भएकाे भेटवार्तापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे बैठक बुधबार बस्ने भएकाे छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भएकाे भेटवार्तापछि बुधबार साँझ ५ बजेका लागि बैठक बाेलाइएकाे हाे ।
झण्डै २ घण्टा भएकाे छलफलमा एकाअर्का पक्ष षडयन्त्र र जालझेलमा लागेकाे आरोप-प्रत्यारोप समेत भएको थियो ।
सचिवालय तथा स्थायी समितिमा अल्पमतमा पर्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली पार्टीको बैठक छलेर अनुकूल वातावरण बनाउने प्रयासमा लाग्नुभएकाे थियाे ।
जसका लागि प्रधानमन्त्रीका दूत बनेर उहाँका विश्वासपात्रहरू मन्त्रीपरिषद् पुनर्गठन, मुख्यमन्त्री परिवर्तन, विभिन्न नियुक्तिमा भागबण्डा गर्ने अनाैपचारिक प्रस्तावसहित माधवकुमार नेपाल समक्ष पुगेका थिए ।
माधवकुमार नेपाल र अध्यक्ष प्रचण्ड पक्ष दुवै प्रधानमन्त्रीकाे कार्यशैलीकाे कडा प्रतिवाद गर्ने मनस्थितिमा पुगेपछि दुइ पक्षवीच फाटाे सिर्जना गर्न प्रधानमन्त्रीका पक्षबाट काेशिष भइरहेकाे छ ।
विवाद चर्कदैं जाँदा प्रधानमन्त्री र इत्तर पक्षवीच पार्टी विभाजन गर्न खाेजेकाे अाराेप र प्रत्याराेप हुने गरेकाे छ ।

