नेपालमा थप ४ जनामा काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण
नेपालमा बुधबार थप ४ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।
परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएकाे छ ।
संक्रमित चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए। सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
याेसँगै नेपालमा संक्रमितकाे संख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।
अहिले ३९ जना सङ्क्रमित विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार गराइरहेका छन् । अस्पतालमा रहेका सबै संक्रमितकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
Facebook Comments

