नेपालमा १ हजार २ सय बढीमा कोरोना संक्रमण

नेपालमा शुक्रबारसम्म १ हजार २ सय १२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको हो ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने २ सय ६ जना निको भइ घर फर्केका छन् ।

Facebook Comments