विश्वभर कोरोना भाइरसबाट १ करोड २ लाख बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड २ लाख ५० हजार ९ सय ७१ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ५ लाख ४ हजार ५ सय २० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म ५५ लाख ५८ हजार ५ सय २४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा मात्रै २६ लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख २८ हजार ४ सय ३७ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा १३ लाख ४५ हजार २ सय ५४ संक्रमित भेटिएका छन् भने ५७ हजार ६ सय ५८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
रसियामा ६ लाख ३४ हजार ४ सय ३७ जना संक्रमितमध्ये ९ हजार ७३ जनाको मृत्यु भएको छ ।
भारतमा ५ लाख ४९ हजार १ सय ९७ संक्रमितमध्ये १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४३ हजार ५ सय ५० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३ लाख ११ हजार १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ९५ हजार ८ सय ५० जना संक्रमित भेटिएका छन् भने २८ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ ।
पेरुमा २ लाख ७९ हजार ४ सय १९ जना संक्रमितमध्ये ९ हजार ३ सय १७ जनाको मृत्यु भएको छ ।
चिलीमा २ लाख ७१ हजार ९ सय ८२ जना संक्रमितमध्ये ५ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ४० हजार ३ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३४ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
इरानमा २ लाख २२ हजार ६ सय ६९ जना संक्रमितमध्ये १० हजार ५ सय ८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा २ लाख १६ हजार ८ सय ५२ जना संक्रमितमध्ये २६ हजार ६ सय ४८ जनाको मृत्यु भएका छन् ।
पाकिस्तानमा २ लाख ६ हजार ५ सय १२ जना संक्रमितमध्ये ४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ९४ हजार ८ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९ हजार २९ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ९७ हजार २ सय ३९ जना संक्रमितमध्ये ५ हजार ९७ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६२ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २९ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा १ लाख ३८ हजार १ सय ३४ जना संक्रमितमध्ये २ हजार ४ सय ५६ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा १ लाख ३७ हजार ७ सय ८७ जना संक्रमितमध्ये १ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
क्यानडामा १ लाख ३ हजार २ सय ५० जना संक्रमितमध्ये ८ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा १ लाख ८२ हजार ४ सय ९३ संक्रमितमध्ये १ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।
पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

