सत्तारूढ नेकपाकाे केन्द्रीय समिति बैठक जारी

 सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिकाे बैठक जारी रहेकाे छ ।

काठमाण्डाैमा जारी बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले सरकार र पार्टी नेतृत्वकाे कडा आलाेचना गरेका छन् ।

सरकारमा सहभागी मन्त्रीहरूले कतिसम्म भ्रष्टाचार गर् पाउने हाे भन्दै केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका छन् ।

केन्द्रीय सदस्य लेखनाथ न्याैपानेले सरकारमा सहभागी मन्त्री र सुविधाका पदमा आसीनहरू भ्रष्टाचारमा लिप्ता भएको बताउनुभयाे ।

यसका साथै केन्द्रीय सदस्यहरू राजेन्द्र राइ, विराेध खतिवडा लगायतले पार्टी अध्यक्षद्वयकाे फाेटाे मन्चमा टाँसर देवत्वकरण गर्न खाेजिएकाे बताएका थिए ।

बैठकमा विहीबारदेखि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक तथा विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल हुने बताइएकाे छ । 

केन्द्रीय सदस्यहरूको वर्णानुक्रमका आधारमा १५ वटा समूह विभाजन गरिएको छ । १५ वटा समूहमा छलफल भएपश्चात १ जना केन्द्रीय सदस्यले छलफलकाे निष्कर्ष पेश गर्ने कार्यसूचि बनाइएकाे छ ।

पार्टी एकीकरणपछि नेकपाकाे याे पहिलाे बैठक हाे ।

Facebook Comments