सरकार विरूद्ध प्रचार युद्ध नै गरिएकाे छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे विराेधमा प्रचार युद्ध नै छेडिएकाे बताउनुभएकाे छ ।

पार्टी केन्द्रीय समितिकाे बैठकमा प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रा काम गरेपनि विराेध मात्रै हुने गरेकाे बताउनुभयाे ।

उहाँले कम्युनिष्ट सरकारले दुई वर्षमा कुनै पनि मानकहरु नकारात्मक हुनबाट राेकेकाे र २ बर्षकाे अवधिमा धेरै असाधारण कामहरु सम्पन्न गरेकाे जिकीर गर्नुभयाे ।

प्रधानमन्त्रीले विश्व बैंकको व्यवसायसम्बन्धी सूचकांकले नेपालको व्यवसाय वातावरणमा उल्लेख्य सुधार भएको लगानीमैत्री वातावरणा रहेकाे, मानव विकास सूचकांकमा सुधार भएकाे, भाेकमरी नरहेकाे घाेषणा गरे हुने अवस्था रहेकाे जिकीर गर्नुभयाे ।

शान्ति सुव्यवस्थाको स्थितिमा सुधार भएकाे छ ।

भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांकमा ११ स्थान सुधार भएकाे, ह्याप्पीनेस इन्डेक्समा सुखीपनमा सुधार भएकाे प्रधानमन्त्रीकाे भनाइ छ ।

Facebook Comments