विश्वभर ३२ लाख बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)को विश्वभर ३२ लाख १९ हजार ४ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख २८ हजार २ सय १ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १० लाख ३ सय ३ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् ।

अमेरिकामा १० लाख ६४ हजार १ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो विश्वभरका कूल संक्रमितको ३३ प्रतिशतभन्दा बढी हो ।

यस भाइरसका अमेरिकामा मात्रै ६१ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको छ भने २४ हजार २ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।

इटालीमा २७ हजार ६ सय ८२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ३ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्समा १ लाख ६६ हजार ४ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २४ हजार ८७ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ६१ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ४ सय ६७ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख ६५ हजार २ सय २१ रहेकामा मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ ।

टर्कीमा १ लाख १७ हजार ५ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ८१ जनाको मृत्यु भएको छ ।

इरानमा ९३ हजार ६ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ ।

रसियामा ९९ हजार ३ सय ९९ जनामा संक्रमण देखिएकोमा ९ सय ७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ७९ हजार ३ सय ६१ जनामा संक्रमण भएकोमा ५ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।

क्यानडामा ५१ हजार ५ सय ९७ जना संक्रमित हुँदा २ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ४७ हजार ८ सय ५९ जनामा संक्रमण भएकोमा ७ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्डस्मा ३८ हजार ८ सय २ मा संक्रमण देखिएकोमा ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।

पेरुमा ३३ हजार ९ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ९ सय ४३ जनाको मृत्यु भएको छ ।

भारतमा ३३ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ७९ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा २९ हजार ४ सय ७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ७ सय १६ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २४ हजार ५ सय ५ जनामा संक्रमण हुँदा ९ सय ७३ जनाको मृत्यु भएको छ ।

इक्वेडरमा २४ हजार ६ सय ७५ जना संक्रमित भएका छन् भने ८ सय ८३ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा २१ हजार ४ सय २ जना संक्रमित भएकोमा १ सय ५७ जनाको मृत्यु भएको छ भने स्वीडेनमा २० हजार ३ सय २ जना संक्रमित भएका छन् । स्वीडेनमा कोरोना भाइरसका कारण २ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

आयरल्याण्डमा २० हजार २ सय ५३ जनामा संक्रमण हुँदा १ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा १७ हजार ७ सय ९९ जनामा संक्रमण हुँदा १ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

इजरायलमा १५ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण हुँदा २ सय १५ जनाको मृत्यु भएको छ ।

अष्ट्रि«यामा १५ हजार ४ सय २ जनामा संक्रमण देखिएकोमा ५ सय ८० जनाको मृत्यु भएको छ ।

सिंगापुरमा १५ हजार ६ सय ४१ जनामा संक्रमण देखिएकोमा १४ जनाको मृत्यु भएको छ ।

जापनमा १३ हजार ८ सय ९५ जनामा यो भाइरसको संक्रमण भेटिएको छ भने ४ सय १३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा १५ हजार ५ सय २५, चिलीमा १४ हजार ८ सय ८५, बेलारुसमा १३ हजार १ सय ८१, कतारमा १२ हजार ५ सय ६४, रोमानियमा ११ हजार ९ सय ७८, पोल्याण्डमा १२ हजार ६ सय ४०, दक्षिण कोरियामा १० हजार ७ सय ६५ जना, संयुक्त अरव इमिरेट्समा ११ हजार ९ सय २९ भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

Facebook Comments