सहिद घाइते, तथा वेपत्ता परिवारका सबाल सम्बोधन गर्न सांसदहरूको माग

गण्डकी प्रदेश सभाका सांसद दीपक कोइरालाले गणतन्त्र प्राप्तीको लागि जीवन बलिदान गर्ने सहिद, घाइते, र वेपत्ता हुनेहरु र तिनका परिवारलाई नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।

विनियोजन विधेयक २०७७/७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै सांसद कोइरालाले उक्त कुरा बताउनुभएको हो ।

गणतन्त्र ल्याउन बलिदान गर्ने सहिद , घाइते तथा वेपत्ताहरुको आश्रित परिवारलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगर्ने कुरा गम्भीर विषय हुने बताउनुभयो ।

यसै विच पूर्व माओबादीबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद गायत्री गुरुङले अझै पनि सहिद, घाइते, अपाङ्गता तथा वेपत्ता भएका परिवारको मुद्धा सरकारले गम्भीरतापूर्वक नलिदा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेको बताउनु भयो ।

सांसद मधुमाया अधिकारीले सहिद, वेपत्ता, घाइते हरुलाई सरकारले भुलेको आरोप लगाउनु भयो । उहाँले सरकारले रोजगार र सिपमुलक तालिमहरुपनि आश्रित परिवारलाई गराउनु पर्ने बताउनु भयो ।

सांसद आशा कोइराला खनालले संघियताको मर्म अनुरुप सरकारले काम गर्न नसकेको बताउनु भयो ।

सहिदको नाममा निर्माण भएका पार्क बाटोहरु निर्माण सम्पन्न नभएर अलपत्र परेको बताउनु भयो । बजेटको सिद्धान्त र प्राथमिकताप्रति आफूहरुको समर्थन रहेपनि सहिद, घाइते, तथा वेपत्ता परिवारलाई सम्बोधन नगरेकाले सो मुद्धा नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्नुभयो ।

प्रदेश सभामा विहीबार विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अन्य सांसदहरु मायानाथ अधिकारी , डोबाटे विश्वकर्मा ,कृष्ण थापा, मोहन रेग्मी, हरिशरण आचार्य ,ललिता गुरुङ , प्रभा कोइराला,ललितकला गुरुङ,ओमकला गौतम,मीना गुरुङ सावित्री राना , लक्ष्मी सुनार , जनकलाल श्रेष्ठ, पुष्पा भण्डारी लगायतले भाग लिनु भएको थियो । उहाँहरुले सरकारलाई दिएको सुझाबहरु समेटेर नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने सुझाब दिनु भएको थियो ।

Facebook Comments