फेरि थपियाे लकडाउन, जेठ ३२ सम्म कायम रहने
सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाका अनुसार काेराेना संक्रमितकाे संख्या बढिरहेकाले लकडाउनकाे समय थप गरिएकाे हाे ।
यसअघि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन पटक पटक थप गर्दै जेठ २० गते ताेकेकाे थियाे ।
त्यसै गरी असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय समेत भएकाे मन्त्री खतिवडाले जनाकारी दिनुभयाे ।
Facebook Comments

