नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय नाघ्यो
नेपालमा मंगलबारसम्म १३ हजार ५ सय ६४ जनामामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ३ सय ९६ जनामा कोरोना संक्रमण फेला परेको हो ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना निको भइ घर फर्केका छन् ।
कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ ।
चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
Facebook Comments

