विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख बढी संक्रमित
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख ७२ हजार ४ सय ४८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ३ लाख ७१ हजार १ सय ८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म २७ लाख ४४ हजार ४४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १८ लाख १६ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख बढीले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भएको हो ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा झण्डै ५ लाख संक्रमित भेटिएका छन् । ब्राजिलमा ४ लाख ९९ हजार ९ सय ६६ जनामा संक्रमण देखिएको छ भने २८ हजार ८ सय ४९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३८ हजार ३ सय ७६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ७२ हजार ८ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
रसियामा ४ लाख ५ हजार ८ सय ४३ जना संक्रमितमध्ये ४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८६ हजार ३ सय ८ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय २५ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३३ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८८ हजार ६ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ८३ हजार २ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ६ सय जनाको मृत्यु भएको छ ।
भारतमा १ लाख ८२ हजार ४ सय ९० जना संक्रमित मध्ये ५ हजार १ सय ८६ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ६३ हजार १ सय ३ जना संक्रमितमध्ये ४ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।
पेरुमा १ लाख ५५ हजार ६ सय ७१ जना संक्रमित मध्ये ४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ४८ हजार ९ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ ।
चिली ९४ हजार ८ सय ५८ जना संक्रमितमध्ये ९ सय ९७ जनाको मृत्यु भएको छ ।
क्यानडामा ९० हजार १ सय ९० जना संक्रमितमध्ये ७ हजार ७३ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ८३ हजार ३ सय ८४ जना संक्रमितमध्ये ४ सय ८० जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ८७ हजार ५ सय १२ जना संक्रमितमध्ये ९ हजार ७ सय ७९ को मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५८ हजार १ सय ८६ जनामा संक्रमण भएकोमा ९ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा ६९ हजार ४ सय ९६ जना संक्रमितमध्ये १ हजार ४ सय ८३ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

