नेपाल बाहिर १४ हजार बढी नेपाल काेराेनाबाट संक्रमित
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट नेपाल बाहिर रहेका १४ हजार बढी नेपाली संक्रमित भएका छन् ।
त्यस्तै शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो सातामात्रै ७ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।
संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो ।
नेपालबाहिर बेलायतमा सबैभन्दा बढी ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ भने युएईमा १९ नेपालीको निधन भएको छ ।
त्यस्तै अमेरिकामा १७, साउदी अरबमा ८, बहराइनमा ३, कुवेतमा २ तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा १/१एक जनाको मृत्यु भएको छ ।
संघ स्वास्थ्य समिति संयाेजक डा.सञ्जिव सापकाेटाका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ । बैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए ।
मुलुकबाहिर रहेका नेपालीका बारेमा गैरआवासीय नेपाली संघले तथ्याकं संकलन गरिरहेकाे छ ।

