नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय नाघ्यो
नेपालमा आइतबारसम्म १ हजार ५ सय ७२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको हो ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ८ जनाको मृत्यु भएको छ भने २ सय २० जना निको भइ घर फर्केका छन् ।
ले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
Facebook Comments

