थप ६ हजार ८२५ मा काेराेना संक्रमण
बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।
कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको र हाल सम्म नेपालमा ७ हजार ६ सय ३० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएकाे छ।
Facebook Comments

