थप ६ हजार ६ सय ५३ जनामा संक्रमण, ८ हजार ८ सय ६३ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे अवधिमा १ सय १ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ८ हजार ६ सय ६३ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षणमा २ हजार २९ गरी ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ६ हजार ६ सय ५३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । मन्त्रालयले दिएकाे जानकारी अनुसार हाल काेराेना भाइरसबाट सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ ।

Facebook Comments