८ हजार २४३ निकाे हुँदा ५ हजार ४२ मा काेराेना संक्रमण
नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २ सय ४३ जना काेराेना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १६ हजार ८१४ स्वाब नमुना परीक्षण गरिएकोमा पाँच हजार ४२ जनाको नतिजा पोजिटिभ आएको हो ।
११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५०२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ८५ हजार १०० पुगेको छ ।
त्यस्तै याे अवधिमा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।
Facebook Comments

