थप ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप आठ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

जनसंख्या मन्त्रालयका अनुसार विहीबार १० हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २ सय ६४ जनाको पिसिआर परीक्षण र तीन हजार ४ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

मन्त्रालयले नेपालमा हाल १५ हजार ९४२  जना सक्रिय संक्रमित रहेकाे जानकारी दिएकाे छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।

विहीबार मात्रै ९ सय ११ जना कोरोना भाइरसकाे संक्रमणमुक्त भएका छन् ।

Facebook Comments