चितवन टाइगर्सलाई एभरेस्ट प्रिमियर लिग (इपिएल)काे उपाधि

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले हात पारेकाे छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बन्न सफल भयाे ।

पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गर्दै उपाधि चुमेकाे हाे । विजेता चितवन टाइगर्सले ५० लाख र उपविजता बनकाे पाेखरा राइनाेजले १५ लाख सहित ट्रफि प्राप्त गरेका छन् ।

Facebook Comments